लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरमा आयोजना गरिएको प्रतियोगितामा भारतको एकसहित आठ टिमले सहभागिता जनाएका थिए।
फुङ्लिङ– ताप्लेजुङमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजंघा (सेसेलुङ) गोल्डकप फुटबलको उपाधि धरानले जितेको छ।
शनिबार साँझ भएको फाइनल खेलमा धरानले इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।
प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार उपाधिसँगै धरानको गोधुली फुटबल क्लबले ३ लाख दुई हजार ८१ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ। उपविजेता रेड डेभिल्सले १ लाख ५१ हजार ८१ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।
लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। गत शनिबार शुरू भएको प्रतियोगितामा भारत, सिलिगुढीको कञ्चनजंघा फुटबल क्लबसहित आठ टोली सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
