पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार छन्।
काठमाडौँ– कैलालीबाट १ करोडभन्दा बढीको सुनचाँदी र नगदसहित शनिबार तीन जना पक्राउ परेका छन्। भजनि नगरपालिका- ५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट उनीहरूलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट प्रहरीले ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुँडा बरामद गरेको छ।
यी सामानको स्रोत नखुलेपछि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
