बागलुङको सिगाना गाउँका किसानले एउटा बगैँचाको सुन्तला १ लाखदेखि ५ लाख रुपैयाँसम्ममा बिक्री गरेको बताएका छन्।
गलकोट– धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो। उनी किसानबाट सुन्तला खरिद गरेर नारायणगढ पठाइरहेका छन्। अहिले तामाङसहित अन्य सुन्तला व्यापारी सिगानाका किसानले फलाएका सुन्तला खरिद गर्न घर–घरमा पुगेका छन्।
सिगानाको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गर्न आफू आएको तामाङले बताए। उनले १२ लाख रुपैयाँको सुन्तला खरिद गरिसकेका छन्। “सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर दुई–चार लाख कमाइ हुन्छ,” तामाङले भने, “किसानले रकम मात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफै गर्छौं।”
तामाङले एउटै बगैँचाको सुन्तलालाई ३ लाख रुपैयाँसम्म तिरेको बताए। सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसान यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन्। शुरूमा डोके व्यापारीलाई केजीमा बिक्री गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेको स्थानीय अनन्तबहादुर खड्काले जानकारी दिए।
खड्काले पहिला आफै टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले व्यापारीले बोटबाटै टिपेर लैजाने गरेको बताए। खड्काले सुन्तला बिक्री गरेर वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। शिक्षकबाट अवकाशप्राप्त खड्काको बगैँचामा २०० बोटमा सुन्तला फलेका छन्।
सुन्तला चितवन, धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि किसान उत्साहित भएका छन्। सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको किसान गंगा केसीले बताइन्। व्यापारीले अहिले एउटा बगैँचाको १ लाखदेखि ५ लाख रुपैयाँसम्म सुन्तला बिक्री गर्ने गरेका छन्। सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसान १०० जना हाराहारीमा छन्।
यस वर्ष छिटो सुन्तला बिक्री भएको किसान अनन्त खड्काले जानकारी दिए। अन्य स्थानका भन्दा ठूलो दाना र गुलियो भएकाले यहाँका सुन्तला महँगो मूल्य तिरेर भए पनि खरिद गर्न व्यापारी आउने गरेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
