जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको हो। 

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ। 

आइतबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको हो। 

जनकपुरका कप्तान अनिलकुमार साहले सर्वाधिक ४५ रन बनाए। लाहिरु मिलान्थाले २४ तथा आशिफ शेखले १६ रन बनाए। शुभ कंशाकार २२ रनमा अविजित रहे। 

लुम्बिनीका युवा बलर अभिशेष गौतमले ३ विकेट लिए। कप्तान रोहित पौडेल र जाफरले समाज २–२ विकेट लिए।