आइतबार घट्यो सुनचाँदीको मूल्य

शुक्रबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ रहेको सुन आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।  

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य आइतबार पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। 

शुक्रबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ रहेको सुन आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।  

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार ८६५ रुपैयाँ कायम भएको छ। शुक्रबार १ हजार ८९० रुपैयाँ रहेको थियो।