लुम्बिनीमाथि जनकपुरको १ रनको जित

आइतबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई १ रनले हराउँदै जनकपुरले विजयी यात्रा कायम राखेको छ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार चौथो जित हात पारेको छ। 

आइतबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई १ रनले हराउँदै जनकपुरले विजयी यात्रा कायम राखेको हो। जितविहीन लुम्बिनीको यो चौथो हार हो। 

त्रिवि क्रिकेट मैदानमा १३७ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो। 

जनकपुरका कप्तान अनिलकुमार साहले सर्वाधिक ४५ रन बनाए। लाहिरु मिलान्थाले २४ तथा आशिफ शेखले १६ रन बनाए। शुभ कंशाकार २२ रनमा अविजित रहे। 

लुम्बिनीका युवा बलर अभिशेष गौतमले ३ विकेट लिए। कप्तान रोहित पौडेल र जाफरले समाज २–२ विकेट लिए।