शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्टको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको द हेगका नगरप्रमुखले बताएका छन्।
डच अधिकारीहरूले शनिबार बिहान भएको शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्टको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको पुष्टि गरेका छन्।
नेदरल्यान्ड्सका आपत्कालीन सेवाहरूले मृत्यु हुनेहरूको संख्या २० को हाराहारीमा पुग्ने अनुमान गरेका छन्। भग्नावशेषमा पुरिएकाहरूको खोजी कार्य जारी रहेको छ।
“अहिलेसम्म कम्तीमा पाँच जनाको मृत शरीर भग्नावशेषबाट निकालिएको छ,” द हेगका नगरप्रमुख जान भान जेनेनले भने।
उनले विस्फोटपछि उद्धारकर्मीले भग्नावशेषमा जीवित मानिस भेटिन सक्ने विश्वाससहित खोजी कार्यलाई तीव्र पारेका बताएका छन्। “दुर्घटना भएको करिब २४ घण्टा हुनै लाग्दा उनीहरू जीवितै पाइने सम्भावना भने कम भएको छ तर पनि हामीले उद्धारको प्रयासलाई जारी राखेका छौँ,” उनले भने।
उद्धार गरिएका दुई जनाको अवस्था पनि गम्भीर रहेको नगरप्रमुखले जानकारी दिए।
नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कुफले क्षतिग्रस्त अपार्टमेन्टको तस्वीर देखेर आफू स्तब्ध भएको बताए। राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनीहरूले भनेका छन्, “व्यक्तिगत रूपमा प्रभावित भएका वा आफ्ना प्रियजन गुमाएका सबैप्रति हामी सहानुभूति व्यक्त गर्दछौँ।
यो घटना हेगको उत्तरपूर्वी मारियाहोभ जिल्लाको तारवेक्याम्प स्ट्रिटमा भएको हो। विस्फोटबाट क्षति भएको तीनतले भवनको भुईंतलामा पसल र माथि दुई आवासीय तल्ला थिए।
विस्फोटको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विस्फोट भएको केही समयपछि एउटा कार तीव्र गतिमा घटनास्थलबाट भागेको देखिएको थियो। अधिकारीहरूले प्रत्यक्षदर्शीहरूलाई अगाडि आउन आग्रह गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
