एनपीएलको आइतबारको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित भएको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको आइतबारको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित भएको छ।
चितवनले जितका लागि १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र बनाउन सक्यो।
सुदूरपश्चिमका लागि इसान पाण्डेले सर्वाधिक ३५ रन बनाए। उनले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, ओपनर सैफ जेबले ११ बलमा ३ चौका प्रहार गर्दै १८ बनाए भने स्कट कुगेलिजिनले १० बलमा ३ चौकाको मद्दतमा १६ रन बनाए।
त्यस्तै, ब्रान्डोन म्याक मुलेन १३, दिलप्रीत बजवा १२, विनोद भण्डारी र नरेन साउदले समान १०/१० बनाउन सके भने अन्य खेलाडीले दोहोरो योगफल जोड्न सकेनन्।
बलिङतर्फ चितवनका रिजन ढकाल, कुशल मल्ल, जन निकोल र अमर रौटेलाले समान २/२ विकेट लिए। त्यस्तै, सोहेल तनभिर र रन्जित कुमारका नाममा समान १/१ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६४ रन बनायो।
उसका लागि ओपनर हसन एइसाखिलले सर्वाधिक ६५ रन बनाए। उनले ५२ बल खेल्ने क्रममा ६ चौका र ३ छक्का प्रहार गरे।
साथै, रवि बोपाराले १८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए भने विपिन रावलले १७ रनको योगदान दिए। कुशल मल्लले १३, सन्तोष कार्कीले ९ र अमर रौतेलाले ६ रन बनाए।
सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले २ विकेट लिए भने ब्रान्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान १/१ विकेट लिए।
समान चार/चार खेल खेलका चितवन र सुदूरपश्चिमले ३/३ वटामा जित र १/१ वटामा पराजय बेहोरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
