रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

पूर्वगृहमन्त्री एवं रास्पवा सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

गण्डकी– सहकारी ठगी एवं संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

म्याद थपका लागि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएका लामिछाने त्यस यता प्रहरी हिरासतमा छन्। त्यसपछि उनलाई अनुसन्धानकै क्रममा रूपन्देही, काठमाडौँ र चितवनसमेत लगेर बयान लिइएको थियो।