काठमाडौँ महानगरले लहरेबत्ती व्यवस्थापन कार्यविधिमा व्यावसायिक तथा सार्वजनिक स्थानमा बत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सजावट तथा सुन्दरताका लागि कुनै पनि बोटबिरुवामा लहरेबत्ती राख्न नपाइने व्यवस्था समेटिएको कार्यविधि स्वीकृत गरेको छ।
आइतबार प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘एग्रो पुलिंग कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ स्वीकृत गरेको हो।
कार्यविधिअनुसार व्यावसायिक तथा सार्वजनिक स्थानमा बत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्नेछ।
सजावट र सुन्दरताका लागि राखिएका बत्तीको गुणस्तर, जनस्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभाव, प्राणी र जीवहरूको बास, आहार तथा आवतजावतमा पार्ने नकारात्मक असर घटाउने विषय कार्यविधिमा समेटिएका छन्।
जात्रा पर्वमा प्रयोग गरिने बत्तीहरू बढीमा सात दिनसम्म राख्न सकिने व्यवस्था कार्यविधिमा गरिएको छ।
त्यस्तै, महानगरले स्वर्णिम योजनाका रूपमा लिएको एग्रो पुलिंग कार्यविधिमा अन्य पालिका र साझेदारसँगको सहकार्यमा महानगरवासीलाई गुणस्तरीय, स्वच्छ, ताजा खाद्यान्न तथा कृषिजन्य उत्पादन उचित मूल्यमा उपलब्ध गराउन उत्पादन तथा विक्री वितरण गर्ने व्यवस्था समेटिएका छन्।
कार्यविधिअनुसार महानगरले कृषि उत्पादनका पकेट क्षेत्र पहिचान गरिएका स्थानीय तहसँग अर्ग्यानिक खाद्यवस्तु उत्पादन गर्ने र वितरणका लागि महानगरभित्रका कृषि सहकारी वा कम्पनीसँग सम्झौता गर्न सक्ने छ। महानगर आफैँले कम्पनी खोल्न सक्ने व्यवस्था पनि कार्यविधि समेटिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
