विद्रोही समूहले आइतबार राजधानी दमास्कस कब्जा गरेसँगै असद आफ्नो परिवारसहित देश छाडेर भागेका थिए। यसबीच उनी कहाँ गए भन्नेबारे कुनै तथ्य सामने आएको थिएन।
काठमाडौँ– सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असदलाई रुसले शरण दिएको बताइएको छ। आइतबार सिरियाली विद्रोही समूहले राजधानी दमास्कस कब्जा गरेसँगै असद आफ्नो परिवारसहित देश छाडेर भागेका थिए। यसबीच उनी कहाँ गए भन्नेबारे कुनै तथ्य सामने आएको थिएन।
उल्टै उनी चढेको जहाजलाई विद्रोहीले खसालेको भन्ने जस्ता समाचार पनि बाहिरिएका थिए। तर रुसी सञ्चारमाध्यमले असद र उनको परिवारलाई मस्कोमा शरण दिइएको बताएका छन्। रुसी समाचार एजेन्सी तास र आरआईएले क्रेमलिन स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति भ्लादमिर पुटिनले असद परिवारलाई मानवीयताका आधारमा राजनीतिक शरण दिएको दाबी गरेका हुन्।
तासले क्रेमलिन स्रोतलाई उद्धृत गर्दै लेखेको छ, “रूसले सधैं सिरियाली संकटको राजनीतिक समाधानको पक्षमा बोलेको छ। हामी संयुक्त राष्ट्रको मध्यस्थतामा वार्ता पुनः शुरू गर्न जोड दिनेछौँ।” साथै स्रोतले रूसी अधिकारीहरू सशस्त्र सिरियाली विपक्षीका प्रतिनिधिहरूसँग निरन्तर सम्पर्कमा रहेका पनि उल्लेख गरेको छ।
आरआईएले पनि क्रेमलिन स्रोतलाई उद्धृत गर्दै रसियाले सिरियाली विद्रोहीहरूबाट सिरियामा रूसी सैन्य आधार र कूटनीतिक कार्यालयहरूको सुरक्षाको ग्यारेन्टी प्राप्त गरेको जनाएको छ। यद्यपि समाचारमा विस्तृत जानकारी दिइएको छैन।
सिरियामा विद्रोही समूह र सेनाबीच विगत ११ दिनदेखि नियन्त्रणका लागि लडाइँ चलिरहेको थियो। गत नोभेम्बर २७ मा विद्रोही समूहले सिरियाको सबैभन्दा ठूलो उत्तरी शहर एलेप्पो र देशको चौथो ठूलो शहर हामा कब्जा गरेका थिए। इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल–शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानी नेतृत्वको विद्रोही समूहले आइतबार दमास्कस कब्जा गर्न सफल भयो। यसरी असदले सत्तामा टिकिरहन गरेको झण्डै २४ वर्षको संघर्षको नाटकीय अन्त्य भयो।
अब सिरियामा सरकार कसले/कसरी चलाउने भन्नेबारे विद्रोही समूहले छलफल गरिरहेका छन्। असद सरकारका प्रधानमन्त्री दमास्कसमै छन्, उनले विद्रोही समूहसँग मिलेर सरकार चलाउन सहयोग गर्ने बताएका छन्।
५० वर्षको शासन अन्त्य
सिरियामा करिब ५० वर्ष राष्ट्रपति बसर अल–असदको परिवारको शासन थियो र अहिले ५० वर्षपछि सिरियामा यो परिवारको शासन समाप्त भएको छ। दमास्कसको सडकमा बसरको सरकारको पतन भएकोमा ठूलो संख्यामा मानिसहरूले उत्सव मनाइरहेका छन्। असदको शासनबाट पीडित भई देश छाडेर छिमेकी देशमा शरण लिन पुगेकाहरू स्वदेश फर्किरहेका छन्।
आफ्ना बुवा हफिज अल अशदको निधनपछि सन् २००० मा बसरले सत्ता सम्हालेका थिए। हफिज २९ वर्ष सत्तामा रहेका थिए। यसरी ५३ वर्षसम्म सत्ता सम्हालेको असद परिवार ढलेको छ। बसर अल–असद सरकार र विद्रोही समूहहरूबीच जारी द्वन्द्वमा हालसम्म पाँच लाखभन्दा बढी मानिस मारिएको दाबी गरिएको छ। साथै विगत १३ वर्षमा सिरियाबाट करिब ६८ लाख मानिसले देश छोडेका छन्। यीमध्ये अधिकांश टर्की र युरोपेली देशहरूमा बसोबास गरिरहेका छन्। यसअघि पनि सिरियाको ३० प्रतिशत भूभाग विद्रोहीको नियन्त्रणमा थियो तर अहिले अधिकांश भूभाग विद्रोहीको कब्जामा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
