अधिकारीहरूका अनुसार ‘विजडम’ र उनको भाले साथी ‘अकेकामाई’ सन् २००६ देखि प्रशान्त महासागरको एटोलमा सँगै बस्थे। विजडमलाई पहिलो पटक सन् १९५६ मा वयस्कको रूपमा रेकर्ड गरिएको थियो।
काठमाडौँ– विश्वकै सबैभन्दा बढी उमेरको लसेन अल्बाट्रस प्रजातिको एक चराले ७४ वर्षको उमेरमा अण्डा पारेको छ। अल्बाट्रसलाई उड्न सक्ने सबैभन्दा ठूलो चरा मानिन्छ।
‘विजडम’ नाम राखिएको यस समुद्री चराले अमेरिकी हवाइयन द्वीपसमूहको उत्तरपश्चिमी किनारस्थित ‘मिडवे एटोल नेसनल वाइल्डलाइफ रिफ्युज’मा अण्डा पारेको अमेरिकी वन्यजन्तु अधिकारीहरूले जानकारी दिएका हुन्। अधिकारीहरूका अनुसार ‘विजडम’ र उनको भाले साथी ‘अकेकामाई’ सन् २००६ देखि प्रशान्त महासागरको एटोलमा सँगै बस्थे।
यस प्रजातिका चराहरूले हरेक वर्ष एउटा अण्डा दिन्छन्। यद्यपि, अकेकामाई धेरै वर्षदेखि देखिएका छैनन् र अधिकारीहरूले पछिल्लो समय विजडम अर्को भाले साथीसँग लागेको बताएका छन्।

उनीहरूले यस अण्डाबाट विजडमले बच्चा कोरल्ने आशा राखेका छन्। "हामी आशावादी छौं कि अण्डा निस्कनेछ," वाइल्डलाइफ रिफ्युजका पर्यवेक्षक वन्यजन्तु जीव वैज्ञानिक जोनाथन प्लिसनरले एक विज्ञप्तिमा भने।
प्रत्येक वर्ष, लाखौं समुद्री चराहरू निकुन्जमा फर्किन्छन् र आफ्ना बच्चाहरू हुर्काउँछन्। अल्बाट्रोस चरा भाले–पोथीले मिलेर करिब सात महिनासम्म अण्डालाई पालैपालो ओथारो बस्छन्। अण्डा निस्केको पाँचदेखि छ महिनापछि चल्लाहरू समुद्रमा उड्न थाल्छन्। तिनीहरूले आफ्नो जीवनको अधिकांश समय समुद्रमा उडेर बिताउँछन्। यीनीहरूले स्क्विड र माछाको अण्डा खान्छन्।
प्लिसनरका अनुसार विजडमलाई पहिलो पटक सन् १९५६ मा वयस्कको रूपमा रेकर्ड गरिएको थियो। अहिलेसम्म यसले ६० वटा अन्डा पारे पनि ३० वटा चल्ला हुर्काइसकेको अधिकारीहरूले बताएका छन्। ‘नेसनल ओसिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन’का अनुसार लेसन अल्बाट्रोसको सामान्य आयु ६८ वर्ष हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
