अख्तियारले उमेर ढाँटी लाभ लिएको आरोपमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उमेर ढाँटी लाभ लिएको आरोपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सिलवालले पटक-पटक जन्ममिति संशोधन, नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै अख्तियारले उनीमाथि सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरहदबाट अनिवार्य अवकाश हुनुपर्नेमा उनी २०८० साउन १६ गतेबाट ६६औँ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल छन्। उनले उमेर ढाँटी पछिल्लो ९(नौ) महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेको अख्तियारको दाबी छ।
उनले करिब तीन वर्ष उमेर घटाइएको झूट्टा विवरणका फारामलगायतका कागजात पेश गरी राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक र विशेष राहदानी लिएको अख्तियारले जनाएको छ। उनले राष्ट्रसेवकका रूपमा ती राहदानी प्रयोगमा ल्याई लाभ, सुविधा प्राप्त गरिनै रहेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
आयोगले सिलवालले २०८० साउन १५ गतेदेखि हालसम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार रुपैयाँ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफत/असुल उपर हुने मागदाबी लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
