यू१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह ‘बी’मा रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पुस १ र भारतसँग पुस २ गते खेल्नेछ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसीसी यू१९ महिला एशिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ।
क्यानले पूजा महतोको कप्तानीमा सोमबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपाली टोलीमा कप्तान पूजासहित सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिका मरासिनी, किरन कुमारी कुँवर, कृष्मा गुरुङ, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, रचना चौधरी र अनु कडायत रहेका छन्।
यू१९ महिला विश्व कपमा नेपाललाई छनोट गराउन सफल टोलीबाट मनिषा उपाध्याय बाहिरिएकी छन्। किरण कुमारी कुँवर र अनु कडायतले पहिलो पटक मौका पाएका छन्।
यू१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह ‘बी’मा रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पुस १ र भारतसँग पुस २ गते खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
