राम शाहले १६६६ सालमा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो। पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनासलु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
मलेखु– नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनासलु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ। यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरूको भीड लाग्न थालेको छ।
“राम शाहले १६६६ सालमा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो। उहाँले स्थापना गर्नुभएको कुरा लालमोहरमा लेखिएको छ, ” भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भने, “पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बसेर भाकल गर्नुभएको र त्यसपछि विजय भएको किम्वदन्ती छ।”
पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना दुई पैसा जग्गा व्यवस्थापन गरिदिएका थिए। जिल्ला प्रशासन कार्यालयले हाल पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार ७३२ रुपैयाँ उपलब्ध गराउने गरेको छ।
यस मन्दिरमा पूजासहित बडादशैँ र चैते दशैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा छ। दशैँको नवमीका दिन यहाँ सुँगुर बलि गरिन्छ। मन्दिर पुग्न सदरमुकामबाट १८ किलोमिटर पार गर्नुपर्छ।
भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकताका साथ संरक्षण तथा प्रवर्द्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताउनुभयो। “भूकम्पले जीर्ण मन्दिर पुनर्निर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ। यहाँबाट चारैतिर हिमशृंखला देखिने भएकाले पर्यटक आकर्षित भएका हुन्,” उनले भने।
यहाँ भारतदेखि पर्यटक मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको मन्दिरका पुजारी भगवान् राना मगरले जानकारी दिए। जिल्लाका विभिन्न संघ संस्थाले भैरवी मन्दिर सम्म पदयात्रा गर्न थालेपछि मन्दिरको थप प्रचारप्रसार भएको छ।
नीलकण्ठ नगरपालिका– ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले पदयात्रा र मन्दिरको प्रचारप्रसारले यस ठाउँको प्रचारमा सहयोग पुगेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
