एनपीएलमा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
काठमाडौँ– नेपाल प्रिमियम लिग (एनपीएल) मा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। पोखरा १६.३ ओभर खेलेर १०३ रन बनाएर अलआउट भएको हो।
मंगलबारको खेलमा पोखराले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो। पोखराका लागि ओपनर दिनेश खरेलले बनाएको २६ रन नै सर्वाधिक उच्च स्कोर रह्यो। उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
आन्ड्रिस गौसले १२ बलमा ४ चौका र १ छक्काको मद्दतमा २५ रन बनाउँदा र्यामोनले २६ बल खेलेर २० रन बनाए। कुशल भुर्तेल र विपीन खत्रीले समान १०/१० बनाए भने अन्य खेलाडी दोहोरो योगफल जोड्न सकेनन्।
बलिङतर्फ कर्णालीका विलियम बोसिस्टोले एक्लैले पोखराको ६ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन खर्चिए। उनी एनपीएलमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन्।
यसअघि सोहेल तनभिर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए।
अहिले कर्णाली जवाफी ब्याटिङ गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
