मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा सीमित भएको छ भने चार अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) घट्ने क्रम जारी रहेको छ। बुधबारयता नेप्से परिसूचकको गिरावट जारी रहेको हो। नेप्से परिसूचकसँगै कारोबार रकम पनि निरन्तर घटिरहेको घटेको छ।
यो साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा सीमित भएको छ। सोमबार १२.८७, आइतबार ४५.९३, बिहीबार १५.९६ र बुधबार २४.९७ अंकले घटेको थियो।
मंगलबार विभिन्न ३०३ कम्पनीको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर ५२ हजार ७०५ पटक खरिदबिक्री भयो। जसबाट चार अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
सोमबार पाँच अर्ब ५९ करोड ५६ लाख, आइतबार सात अर्ब ४६ करोड तीन लाख, बिहीबार आठ अर्ब ३६ करोड ९६ लाख र बुधबार नौ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा होटल तथा पर्यटन ०.२८, उत्पादन तथा प्रशोधन ०.३३, माइक्रो फाइनान्स ०.१३, व्यापार समूहको उपसूचक ०.३० प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक घटेको छ।
यस दिनको कारोबारमा एनआरएन इन्फास्टक्चर ८.६४, लाइफ इन्स्योरेन्स कर्पोरेसन ३.५९, एनआईबीएल ग्रोथ फन्ड ३.३९,आरबीबी म्युचुअल फन्ड २.९४ र सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले २.८४ प्रतिशतले गुमाएका छन्। त्यस्तै, जोशी हाइड्रोपावर ७.६७,खानीखोला हाइड्रो पावर ७.५३, गणपति लघुवित्त ६.९१, उपकार लघुवित्त ६.२७ र महिला लघुवित्तका लगानीकर्ताले ६.२५ प्रतिशतले कमाएका छन्।
कारोबार रकमका आधारमा मंगलबार एनआरएन इन्फाइस्टक्चरको सर्वाधिक १८ करोड ९६ लाख २० हजार ३०३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा सानिमा माई हाइड्रोपावरको तीन लाख ४१ हजार ६५४ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
