विलियम बोसिस्टोको कीर्तिमानी प्रदर्शनमा एनपीलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ।
काठमाडौँ– विलियम बोसिस्टोको कीर्तिमानी प्रदर्शनमा नेपाल प्रिमियर लिग (एनपील)मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ। कर्णालीको यो लगातार तेस्रो जित हो।
मंगलबारको दोस्रो खेलमा पोखराले दिएको १०३ रनको लक्ष्य पछ्याएको कर्णालीले ३ विकेटको क्षतिमा ३० बल बाँकी छँदै १०६ रन बनायो।
कर्णालीका लागि गुल्सन झाले नटआउट सर्वाधिक ४९ बनाए। उनले ३७ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे। चाडविक वाल्टनले ३४ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ४२ रन बनाए।
बलिङतर्फ पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले समान १/१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको पोखरा १६.३ ओभर खेलेर १०३ रन बनाएर अलआउट भयो। पोखराका लागि ओपनर दिनेश खरेलले बनाएको २६ रन नै सर्वाधिक उच्च स्कोर रह्यो। उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
आन्ड्रिस गौसले १२ बलमा ४ चौका र १ छक्काको मद्दतमा २५ रन बनाउँदा र्यामोनले २६ बल खेलेर २० रन बनाए। कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० बनाए भने अन्य खेलाडी दोहोरो योगफल जोड्न सकेनन्।
बलिङतर्फ कर्णालीका विलियम बोसिस्टोले एक्लैले पोखराको ६ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन खर्चिए। उनी एनपीएलमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन्। त्यस्तै, सोमपाल कामी, विपिन शर्मा, र युनिस ठकुरीको नाममा १/१ विकेट रह्यो।
पाँच खेल खेलको कर्णाली तीनमा विजयी भएको छ भने दुईमा पराजय बेहोरेको छ।। कर्णाली ६ अंकसहित चौथो स्थानमा छ। चार खेल खेलेको पोखरा भने एउटामा विजयी र तीन वटामा पराजय बेहोर्दै अंक तालिकामा छैटौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
