जब एकैपटक ३०० सान्टा स्की खेल्न निस्किए!

सान्टा क्लसको भेषमा एकैपटक ३०० जनाले स्की गरेको भिडियो/तस्वीरले ध्यान खिचेको छ।

तस्वीरहरू : एृपी

अमेरिकाको अक्सफोर्ड काउन्टीको मेनेमा एकैपटक ३०० सान्टा क्लसले स्की गरेका तस्वीर/दृश्यले ध्यान खिचेको छ। इसाई धर्माबलम्बीको महान चाड क्रिसमस नजिकिँदै गर्दा पवित्र मौसमको झल्को दिन रातो कपडा लगाएका सान्टाले सेताम्मे हिँउमा स्की गरेको भिडियो तथा तस्वीरहरूले ध्यान खिचेको हो। 

क्रिसमसका बेला घरमा शान्ति र सुस्वास्थ्यको कामना गर्दै बालबालिकालाई मिठाइ बाँड्दै हिँड्ने रातो कपडा, सेतो टोपी लगाएका, सेतो दारी पालेका र हँसिलो अनुहारका सान्टा इसाईहरूको धार्मिक परम्परामा महत्त्वपूर्ण पात्र मानिन्छन्।

हरेक वर्ष क्रिसमसमा उनै सान्टाको सम्झनामा उनीजस्तै लुगा लगाएर रमाइलो गर्ने चलन छ। सोहीअनुसार सान्टाको भेष धारणा गरेका उनीहरूले मेनेस्थित ‘रिभर स्की रिसोर्ट’नजिकै हिँउको थुप्रोमा स्की गरेका थिए भने क्रिसमस ट्रि नजिकै भोज गरेका थिए।

आइतबारको दिन सान्टाहरूले रमाइलो गरी क्रिसमस नजिकिएको सन्देश दिएका हुन्। विगत २० वर्षयता हरेक वर्ष ‘सान्टा सन्डे’मनाइँदै आएको छ। जसमा स्थानीय कल्याणकारी कामका लागि आर्थिक सहायतासमेत उठ्ने गरेको छ। यस वर्ष ७ हजार ५०० डलर आर्थिक सहायता संकलन भएको छ।