नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पदभार सम्हालेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेको बेला अमेरिकाले युक्रेनलाई यो सहयोग गरेको हो।
काठमाडाैँ– अमेरिकाले युक्रेनलाई २० अर्ब डलर (१६ खर्ब ९७ अर्ब रुपैयाँ)को सहायता रकम दिएको छ। अमेरिकाले यो रकम रुसको जफत गरिएको सम्पत्तिबाट प्रदान गरेको हो।
यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो, जुन जी–७ समूहका सदस्य राष्ट्रहरूले गत जुन महिनामा घोषणा गरेका थिए। अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ 'रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने' बताए। उनले मंगलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने उल्लेख गरे।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पदभार सम्हालेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेको बेला अमेरिकाले युक्रेनलाई यो सहयोग गरेको हो। ट्रम्पले युक्रेनलाई दिदै आएको सहायतालाई ‘अमेरिकी स्रोतमाथिको बोझ’ भनेका थिए।
ट्रम्पको यो भनाइपछि नयाँ राष्ट्रपतिको प्रशासनमा पनि अमेरिकाले युक्रेनलाई आर्थिक सहायता दिन्छ कि दिँदैन भन्ने शंका उत्पन्न भएको छ। ट्रम्पले आउँदो जनवरी २० देखि कार्यभार सम्हाल्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
