कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको हो।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार बिहान जारी खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई १२४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको हो। सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै, सेफ अलि जेबले २१ बलमा २ छक्काको सहयोगमा २१ रन बनाएर।
इशान पान्डेले १७, ब्रेन्डन मक्मलेन ११ रन जोडे। हर्मित सिंहले १ रन मात्र जोड्न सके। कप्तान दीपेन्द्रसिंह ऐरी रनको खाता नखोल्दै आउट भए।
जनकपुरका लागि किशोर महतोले ४ तथा अरनिको यादव र शेर मल्लले समान २ तथा हर्ष ठाकरले १ विकेट लिए।
एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
