सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अल आउट हुँदै ५१ रनमा समेटियो।
काठमाडौँ– जनकपुर बोल्ट्सलाई ७२ रनले हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को शीर्ष स्थानमा उक्लिएको छ।
सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अल आउट हुँदै ५१ रनमा समेटियो। यसअघि लगातार ४ खेल जितिसकेको जनकपुरको यो पहिलो हार हो। जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे। उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे। जनकपुरका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार गरेको थियो।
सुदूरपश्चिमका लागि ओपनर विनोद भन्डारीले सर्वाधिक ३३ रन जोडेका थिए। यस्तै, सेफ अलि जेबले २१, इशान पान्डेले १७, ब्रेन्डन मक्मलेन ११ रन जोडेका थिए। कप्तान दीपेन्द्रसिंह ऐरी भने रनको खाता नखोल्दै आउट हुन पुगे।
जनकपुरका लागि किशोर महतोले ४ तथा अरनिको यादव र शेर मल्लले समान २ तथा हर्ष ठाकरले १ विकेट लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
