एनपीएलमा बुधबारको दोस्रो खेलमा काठमाडौँले लुम्बिनीलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबारको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौँले १९.२ ओभर खेल्दै १०३ रन बनाएर अलआउट भएको हो।
काठमाडौँका लागि भीम सार्कीले बनाएको ३१ रन नै सबैभन्दा उच्च स्कोर रह्यो। उनले ४० बलमा १ चौका प्रहार गर्दै ३१ रन बनाएका हुन्। डेन डउथवेटले २१ रन बनाउँदा प्रतीक श्रेष्ठले २० बनाए। ओपनर स्टिफन एस्किनाजी १३ रनमा आउट हुँदा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ लुम्बिनीका साद बिन जाफरले सर्वाधिक ३ विकेट लिए। रामोन सिमन्ड्स र अभिनाशले २/२ विकेट लिँदा सूर्य तामाङ र विवेक यादवका नाममा १/१ विकेट रह्यो।
अहिले काठमाडौँले जवाफी ब्याटिङ गरिरहेको छ।
तीन खेलमा दुईमा हार र एकमा जितका साथ काठमाडौँ तालिकाको छैटौँ स्थानमा छ। काठमाडौँ यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग पराजित भएको थियो भने कर्णाली याक्समाथि विजयी भएको थियो।
पाँच खेलमा चारमा हार र एकमा जितसहित लुम्बिनी अंक तालिकाको पाँचौँ स्थानमा छ। मंगलबार चितवन राइनोजमाथि लुम्बिनीले जित हात पारेको थियो। लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
