दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रियसभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ।
‘मार्सल ल’ घोषणा विवादबारे भइरहेको अनुसन्धानका क्रममा प्रहरीले बुधबार दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलको कार्यालयमा छापा मारेको छ।
दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रियसभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ। विज्ञप्तिमा छापापछिको विकासक्रमको बारेमा थप विवरण दिइएको छैन।
यसैबीच, पूर्वरक्षामन्त्री किम योङ ह्युनले हिरासतमा रहँदा मंगलबार मध्यरातमा आत्महत्याको प्रयास गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। किमलाई पहिलो पटक आइतबार पक्राउ गरिएको थियो। उनलाई औपचारिक रूपमा पक्राउ गर्नुभन्दा केही समयअघि नै उनले आत्महत्याको प्रयास गरेको न्याय मन्त्रालय र जेलका एक अधिकारीले बताएका छन्।
बुधबार उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
किमलाई ‘सैनिक कानून घोषणा गर्न महत्त्वपूर्ण भूमिकामा संलग्न भएको’ र ‘नागरिक अधिकारको प्रयोगमा बाधा पुर्याउन पदीय मर्यादाको दुरुपयोग गरेको’ आरोपमा पक्राउ गरिएको थियो।
पूर्वरक्षामन्त्रीले आफ्ना वकिलमार्फत भनेका छन्, “यो स्थितिको सम्पूर्ण जिम्मेवारी ममाथि मात्र छ र मातहतका कर्मचारीहरूले मेरो (रक्षामन्त्री)को आदेशको पालना गर्दै आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्।”
उनलाई पूर्वगृहमन्त्री र ‘मार्सल ल’ कार्यान्वयनको जिम्मेवारीमा रहेका जनरलसँगै यात्रा प्रतिबन्ध लगाइएको थियो।
कोरियाली राष्ट्रिय प्रहरी एजेन्सीका आयुक्त जनरल चो जि–हो र सियोल महानगरीय प्रहरी कार्यालयका प्रमुख किम बोङ सिकलाई पनि बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घोषणामा के थियो?
“उत्तर कोरियाली कम्युनिस्ट शक्तिले निम्त्याएको खतराबाट जोगाउन र जनताको स्वतन्त्रता र सुखलाई लुट्ने राज्यविरोधी तत्त्वलाई नियन्त्रणका लागि नागरिक शासन निलम्बन गरिएको हो,” युनले घोषणाका क्रममा भरेका थिए। उनको घोषणा कोरियाली जनताको विरोधसामु लामो समय टिकेन। ‘मार्सल ल’ लागूको घोषणा भएको केही घण्टापछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए।
राष्ट्रपतिको घोषणासँगै सेनाप्रमुख जनरल पार्क आन–सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, ‘गलत प्रचार’, हडताल र ’सामाजिक अशान्ति भड्काउने जमघट’माथि प्रतिबन्ध लगाइएको थियो।
घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजीनामा दिएका थियो। त्यसपछि अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो। घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बन गरी अनुसन्धान थालिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
