नेप्से परिसूचक ४५.८८ अंक अर्थात् १.७१ प्रतिशतले बढेर २७१५.७१ को विन्दुमा उक्लिएको छ भने पाँच अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।
काठमाडौँ– लगातार पाँच कारोबार दिन घटेको शेयर बजारमा बुधबार हरियाली देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँगै कारोबार रकम पनि बढेको हो।
यस दिन नेप्से परिसूचक ४५.८८ अंक अर्थात् १.७१ प्रतिशतले बढेर २७१५.७१ को विन्दुमा उक्लिएको छ।
३०८ कम्पनीको एक करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर ५६ हजार ३५० पटक खरिद बिक्री हुँदा पाँच अर्ब पाँच करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
अघिल्लो कारोबार दिन मंगलबार चार अर्ब ४१ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।
१३ समूहमध्ये म्युचुअल फन्ड .३४ प्रतिशत घट्दा अरू सबै समूहको उपसूचक बढेको छ। बैंकिङ समूहको उपसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ।
बुधबार ङ्यादी हाइड्रोपावरको ९.९७, कुथेली बुखारी स्मल हाइड्रो पावर ९.६२, नारायणी डेभलपमेन्ट बैंक ८.८१, माथिल्लो मैलुन खोला ८.५१ र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले ७.१६ प्रतिशतले कमाएका छन्। खानी खोला हाइड्रोपावर ९.९९, जोशी हाइड्रोपावर ८.२२, सामुदायिक लघुवित्त ६.३० र महिला लघुवित्तका लगानीकर्ताले ६.२७ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा बुधबार जानकी फाइनान्सको सर्वाधिक ३६ करोड १५ लाख दुई हजार ४४३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा आरबीबी म्युचुअल फन्ड–२ चार लाख ५० हजार २०० कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
