पाटनबाट सन् ७० र ८० को दशकमा चोरिएका बौद्ध सम्पदा फ्रान्स र अस्ट्रेलियामा भेटिएका छन्।
काठमाडौँ— पाटनबाट सन् ७० र ८० को दशकमा चोरिएका बौद्ध सम्पदा फ्रान्स र अस्ट्रेलियामा भेटिएका छन्। १३औँ शताब्दीको काष्ठकला झल्कने एउटा टुँडाल फ्रान्समा र नवौँ शताब्दीतिरको बुद्धको प्रस्तर मूर्ति अस्ट्रेलियामा भेटिएको हो।
चोरिएका या हराएका नेपाली सम्पदाको खोज–पहिचानमा संलग्न अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार सन् ८० को दशकमा पाटन, सुःबहालको एक बिहारबाट चोरिएको १३औँ शताब्दीको काष्ठकला झल्कने एउटा टुँडाल फ्रान्सको पेरिसस्थित एक लिलामीगृहमा फेला परेको हो।
पाटनस्थित श्री जय मनोहर महाबिहारबाट चोरिएको सालभन्जिका याक्षी टुँडाल पेरिसको लुसिएन अक्सन (लिलामी, लट नम्बर ११५)मा बिक्रीमा फेला परेको छ।
यही टुँडाल यसअघि सन् २०२१ जुनमा पेरिसकै अर्को लिलामीगृह कोर्नेट डे सेन्ट–सीवाइआरमा बिक्रीमा राखिएको थियो।
यो टुँडालको तस्वीरसहितको वृत्तान्त क्यानेडियन अध्येता म्यारी स्लसरको ‘द एन्टिक्वीटि अफ नेप्लीज वुड कार्भिङ–२०१०’ पुस्तकमा उल्लेख छ।
सन् ७० को दशकमा बौद्ध सम्पदा र पुरातत्त्वको सोधमाथि गरिएको प्रतिष्ठित ‘हन्टिङ्टन अर्काइभ’मा पनि सालभन्जिका याक्षी टुँडालको विवरण समेटिएको छ।
सन् ७० र ८० को दशकबीचमा पाटनको गुइटा टोलस्थित गुस्ताला महाबिहार कम्प्लेक्सबाट चोरिएको उभिएका बुद्धको प्रस्तर मूर्ति अस्ट्रेलियाको सिड्नीस्थित एक निजी संग्रहकर्ताकहाँ फेला परेको छ।
लस्ट आर्टस् अफ नेपालका अनुसार यसअघि सन् २०१६ डिसेम्बरमा अस्ट्रेलियाकै मोसग्रिन अक्सन (लिलामी), अर्माडेलमा बिक्रीमा राखिएको बुद्ध मूर्ति बिक्रीमा आउन सकेको थिएन।
नवौँ शताब्दीको सम्पदा मानिएको यो बुद्ध मूर्तिका बारेमा पनि प्रतिष्ठित ‘हन्टिङ्टन अर्काइभ’मा उल्लेख गरिएको छ। यो मूर्तिको तस्वीरसहितको विवरण स्विस अध्येता उल्रिच भोन स्क्रोडरको ‘नेप्लिज स्टोन स्कल्प्चर्स, भोल्युम–२’मा पनि उल्लेखित छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
