तेहरानमा वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
तेहरानमा हालैका दिनमा धुवाँ तथा तुवाँलोका कारण प्रदूषणको मात्रा ह्वात्तै बढेको छ।
अल्बोर्ज पर्वतको दक्षिणी फेदमा अवस्थित तेहरानमा बुधबार स्थानीय सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गरी वायुको गुणस्तर ‘अस्वस्थ’स्तरमा पुगेको अर्थात् औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) १७० पुगेको बताएका छन्।
राजधानीमा केही विशिष्ट शाखाबाहेक सबै संग्रहालय र बैंक बन्द गरिएको छ।
इरानको ४३५ मिटर अग्लो ऐतिहासिक मिलाद टावर बुधबार बिहान मुस्किलले देखिएको थियो।
प्रदूषणले मध्य इरानको इस्फाहान र उत्तरपश्चिमको ताब्रिजलगायत अन्य प्रमुख शहरमा पनि प्रभाव पारेको छ।
दक्षिणपश्चिममा रहेको अहवाजमा पनि प्रदूषणको मात्रा उच्च रहेको सरकारी टेलिभिजनले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमले केही औद्योगिक पूर्वाधारको जीर्ण अवस्था, पुरानो सवारीसाधन र गुणस्तरहीन पेट्रोलका कारण प्रदूषण बढेको उल्लेख गरेका छन्।
हालैका हप्तामा सरकारले केही ‘पावर प्लान्ट’मा प्रयोग हुने इन्धनलाई पनि योगदानको कारकको रूपमा हेरेको छ।
इरानका स्वास्थ्यमन्त्री मोहम्मद–रेजा जफरघान्डीका अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष देशभर करिब ५० हजार मानिसको अकालमा मृत्यु हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
