काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाट बाहिरिएको छ।
काठमाडौँ– लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणबाट बाहिरिएको छ। काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफमा पुग्ने सम्भावना सकिएको हो। योसँगै एनपीएलको लिग चरणबाट बाहिरिने लुम्बिनी पहिलो टोली बन्यो।
६ खेल खेलेको लुम्बिनी पाँचमा पराजय र एकमा मात्र विजयी भएको छ। चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौँ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
बुधबारको दोस्रो खेलमा काठमाडौँले दिएको १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो।
लुम्बिनीका लागि सुन्दीप जोराले २६, उन्मुक्त चन्द १४ र सूर्य तामाङले नटआउट ११ रन बनाउँदा ११ रन अतिरिक्त पायो। लुम्बिनीका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ करन केसीले सर्वाधिक चार विकेट लिए। दीपेश खनाल ३, गेर्हार्ड इरास्मस २ र रसिद खानको नाममा १ विकेट रह्यो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौँले १९.२ ओभर खेल्दै १०३ रन बनाएर अलआउट भएको थियो।
काठमाडौँका लागि भीम सार्कीले बनाएको व्यक्तिगत ३१ रन नै सबैभन्दा उच्च स्कोर रह्यो। उनले ४० बलमा १ चौका प्रहार गर्दै ३१ रन बनाएका हुन्।
डेन डउथवेटले २१ रन बनाउँदा प्रतीक श्रेष्ठले २० रनको योगदान दिए। ओपनर स्टिफन एस्किनाजी १३ रनमा आउट भए भने अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ लुम्बिनीका साद बिन जाफरले सर्वाधिक ३ विकेट लिए। रामोन सिमन्ड्स र अभिनाशले २/२ विकेट लिँदा सूर्य तामाङ र विवेक यादवका नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
