अख्तियारले झूट्टा शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रसेवकको पदमा प्रवेश गरी लाभ लिएको आरोपमा तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको छ।
झूट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी लाभ लिएको आरोपमा आयोगले बुधबार तत्कालीन सशस्त्र प्रहरी निरीक्षक कुँवरमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कुँवरले सेवामा प्रवेश गर्दा माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाई स्कुल तहको परीक्षा उत्तीर्ण गरेको कागजात पेश गरेका थिए।
सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण हे.क्वा. ज्वालामाई दाङबाट राजीनामा दिएका कुँवरको उक्त कागजात झूटा रहेको भन्दै उजुरी परेपछि आयोगले अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा उनले झूट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको पाइकाले आरोप-पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
