सरकारी वकिल कार्यालयले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध कसुरमा साढे सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ।
काठमाडौँ– सरकारी वकिल कार्यालय, काठमाडौँले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा दर्ता गरेको छ।
सरकारी वकिल कार्यालयले बुधबार काठमाडौँ जिल्ला अदालतमा साढे सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार योभन्दा अगाडि पनि उनीविरुद्ध मुद्दा चलेकाले कानूनी व्यवस्थाभन्दा डेढी सजाय साढे सात वर्ष कैद माग गर्दै मुद्दा दायर भएको हो।
पहिलो पटक साइबर अपराध कसुरमा असोज ६ गते पक्राउ परेका प्रसाईं ९ दिन हिरासतमा बसेर धरौटीमा छुटेका थिए।
प्रसाईं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाएको आरोपमा पछिल्लो पटक मंसिर ४ गते पक्राउ परेका थिए।
उनीमाथि साइबर ब्युरोले अनुसन्धान गरेर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार र थप सजायका लागि रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा बुधबार सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।
प्रसाईंविरुद्ध संगठित अपराधमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि अनुसन्धान गरिहरेको छ। उनी अहिले सीआईबीको हिरासतमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
