सिरियाको नयाँ संक्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन्।
सिरियाको नयाँ संक्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन्।
विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि संक्रमणकालीन सरकार प्रमुखका रूपमा नियुक्त गरेका मोहम्मद अल–बशीरले इटालीको कोरिएरे डेला सेरा दैनिकसँगको कुराकानीमा पहिलो लक्ष्य ‘विदेशमा रहेका लाखौँ सिरियाली शरणार्थीहरूलाई फिर्ता ल्याउनु’ रहेको बताएका हुन्।
विदेशमा रहेका नागरिकको मानव पुँजी र अनुभवले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनको भनाइ थियो। “मेरो विदेशस्थित सबै सिरियालीलाई एउटा अपिल छ: सिरिया अब एक स्वतन्त्र देश हो जसले आफ्नो गर्व र प्रतिष्ठा कमाएको छ। फर्किनुहोस्, हामीले पुनर्निर्माण गर्नुपर्छ, पुनर्जन्म लिनुपर्छ र हामीलाई सबैको सहयोग चाहिन्छ।”
इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनको विद्रोह उत्कर्षमा पुग्दै गर्दा लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असद सिरियाबाट भागेका थिए। सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसंख्या कुनै न कुनै रूपमा विस्थापित बनेका थियो।
असदको पलायनसँगै देशले अहिले ठूलो अनिश्चितताको सामना गरिरहेको छ। साम्प्रदायिक हिंसाबारे चिन्ता प्रकट भएको छ। यद्यपि विद्रोही समूहको नेतृत्व गर्ने इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस)ले धार्मिक अल्पसंख्यकलाई नयाँ सिरियामा सुरक्षित हुने विश्वास दिलाउने प्रयास गरेको छ।
इसाई, कुर्द र अलावीलगायत देशका विविध समुदाय अब बशीरले कस्तो सरकारको नेतृत्व गर्छन् भनेर हेरिरहेका छन्।
सिरियाको इसाई समुदायले सन् २०११ मा गृहयुद्ध शुरू भएदेखि नै असद सरकारलाई समर्थन गर्दै आएका थिए। निवर्तमान राष्ट्रपति असद स्वयं अल्पसंख्यक पृथकतावादी सम्प्रदायका थिए। उनले आफूलाई अल्पसंख्यकको संरक्षकका रूपमा स्थापित गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
