सन् १९८० दशकको मध्यतिर बसन्तपुर दरबार क्षेत्रस्थित कुमारी घरबाट चोरिएको एक पुरातात्त्विक काष्ठ तोरन फ्रान्सको पेरिसस्थित एक व्यक्तिको निजी संग्रहमा पाइएको छ।
काठमाडौँ– सन् १९८० दशकको मध्यतिर बसन्तपुर दरबार क्षेत्रस्थित कुमारी घरबाट चोरिएको एक पुरातात्त्विक काष्ठ तोरन फ्रान्सको पेरिसस्थित एक व्यक्तिको निजी संग्रहमा पाइएको छ।
चोरिएका वा हराएका नेपाली सम्पदाको खोज–पहिचानमा संलग्न अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार अठारौँ शताब्दीको यो काष्ठ तोरनमा दुर्गाभवानीको आकृति कुँदिएको छ। सन् ७० को दशकमा बौद्ध सम्पदा र पुरातत्त्वको शोधमाथि गरिएको प्रतिष्ठित ‘हन्टिङ्टन अर्काइभ’मा यो काष्ठ तोरनको तस्वीरसहितको विवरण उल्लेखित छ।
कुमारी घरको तल्लो तलामा उत्तरी कुनामा राखिएका चार वटा पुरातात्त्विक तोरनहरू सन् १९८० देखि २०११ बीचमा चोरिएका थिए। सन् २०१५ को भूकम्पपछि ती तोरनको प्रतिरूप कुमारी घरमा राखिएको छ।
चोरिएका मध्ये एउटा तोरन भने बेलायतको बरकत ग्यालरीमा फेला परेको विवरण 'लस्ट आर्ट्स अफ नेपाल'ले बाहिर ल्याएपछि थप अनुसन्धान तथा प्रमाणीकरणपछि दुई वर्षअघि फिर्ता ल्याइएको थियो। थप दुई तोरन चोरी गरेर कहाँ लगिएको छ, जानकारी बाहिर आएको छैन।

यसैगरी, काठमाडौँको ओमबहाल टोलस्थित न्हूःछें बहाबाट चोरिएको अर्को पुरातात्त्विक टुँडाल अमेरिकामा एक संग्रहकर्ताको संग्रहमा फेला परेको छ। लस्ट आर्टस् अफ नेपालका अनुसार, पन्ध्रौँ शताब्दीको काष्ठ शालभन्जिका याक्षी टुँडालसँगै यो बहाबाट ४ वटा टुँडाल चोरी भएका थिए।
त्यसमध्ये दुई वटा लन्डनका संग्रहकर्ता जोन इस्कानाजीको संग्रहमा यसअघि फेला परेको थियो। यो टुँडालको तस्वीरसहितको विवरण गणेशमान चित्रकारले खिचेको र कार्ल प्रुश्चले प्रकाशित गरेको ‘काठमाडौँ भ्याली, भोल्युम–२(१९७५)’मा सार्वजनिक भैसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
