एनपीएलको इतिहासमै पहिलो सुपर ओभरमा पोखराले विराटनगरलाई १३ रनले हराएको हो।
काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखरा एभेन्जर्सले जित हात पारेको छ। पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएको हो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले १८ रन बनाएको थियो। विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने गरेको बलिङमा पोखराका रेमन राइफरले दुई छक्का र एक चाैका प्रहार गरे।
१९ रनको लक्ष्य पछ्याउन विराटनगरका मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिए। पोखराका तर्फबाट बलिङ गरेका रेमन राइफरले पाँच रन मात्र दिए।
त्यसअघि विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन मात्र बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
जारी एनपीएलमा यो पहिलो सुपर ओभर हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
