क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
सान फ्रान्सिस्कोबाट चीन जाने विमानमा चढ्ने तयारीमा रहेका ३९ वर्षीय यिन पियाओ झोउलाई पक्राउ गरिएको अधिकारीले बताएका हुन्। उनीविरुद्ध अदालतमा अभियोग दर्ता गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।
“ती प्रतिवादीले अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाएर तस्वीर खिचेका थिए,” अमेरिकी महान्यायाधिवक्ता मार्टिन एस्ट्राडाले भने, “हाम्रो राष्ट्रिय सुरक्षा सर्वोपरि महत्त्वको छ र मेरो कार्यालयले हाम्रो देशको सैन्य कर्मचारी र सुविधाको सुरक्षामा वृद्धि गर्नेछ।”
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार नियमित पत्रकार भेटमा यस सम्बन्धमा ‘सोधिएको प्रश्नमा आफूलाई जानकारी नभएको’ बताए।
अभियोग कागजातका अनुसार भ्यान्डेनबर्गमा रहेको डिटेक्सन सिस्टमले नोभेम्बरको अन्त्यमा १.६ किलोमिटर माथि उडेको ड्रोनलाई ‘ट्र्याक’ गरेको थियो।
एलोन मस्कको स्पेसएक्स फाल्कन ९ रकेटका साथै क्षेप्यास्त्र परीक्षणसहित अन्तरिक्ष मिसनको प्रक्षेपणस्थलमा रहेका सुरक्षाकर्मीले झोउलाई उनको ज्याकेटमा लुकेको उपकरण (ड्रोन)सहित नजिकैको सार्वजनिक पार्कमा फेला पारेका थिए।
अमेरिकी अधिकारीले ड्रोनको जाँच गर्दा त्यसमा हवाई अड्डाका तस्वीर थिए।
न्याय मन्त्रालयका अनुसार झोउ चिनियाँ नागरिक हुन् र संयुक्त राज्य अमेरिकाको वैध स्थायी बासिन्दा हुन्। उनी फेब्रुअरीसम्म चीनमा थिए।
सान फ्रान्सिस्कोको एक अदालतमा मंगलबार उपस्थित गराइएको थियो। उनले राष्ट्रिय सुरक्षा सम्बेनशील क्षेत्रमा ड्रोन उडाएको स्वीकार गरेका थिए।
उनलाई आगामी केही हप्तामा लस एन्जेल्सस्थित अमेरिकी जिल्ला अदालतमा उपस्थित गराइने बताइएको छ।
झोउलाई जमानतमा रिहा गर्ने अदालतको निर्णयविरुद्ध अभियोजकले अपिल नगरेसम्म उनी हिरासतमा रहने छन्।
वासिङ्टन र बेइजिङबीच नाटकीय रूपमा तनाव बढाउने राष्ट्रिय सुरक्षा घटनाको दुई वर्ष नबित्दै यो घटना भएको हो।
सन् २०२३ को शुरूमा संयुक्त राज्य अमेरिकाले संवेदनशील अमेरिकी सैन्य प्रतिष्ठानभन्दा माथि उडेको जासुसी बेलुन पत्ता लगाएको थियो र यसलाई गोली हानी खसालेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
