बिहीबार नेप्से परिसूचक १.१३ प्रतिशत घटेर २६८२.२९ को विन्दुमा सीमित भएको छ भने ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको अन्तिम कारोबार दिन बिहीबार पुनः उच्च अंकको गिरावट देखिएको छ। पछिल्लो पाँच कारोबार दिन लगातार घटेर बुधबार बढेको नेप्से परिसूचक बिहीबार पुनः घटेको हो।
यस दिन नेप्से परिसूचक ३३.४२ अंकले अर्थात् १.१३ प्रतिशत घटेर २६८२.२९ को विन्दुमा कायम भएको हो। बुधबार नेप्से परिसूचक ४५.८८ अंक अर्थात् १.७१ प्रतिशतको बढेको थियो।
बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। यस दिन ३०४ कम्पनीको एक करोड २३ लाख ७१ हजार ३१८ कित्ता शेयर ६७ हजार १२८ पटक खरिदबिक्री भयो। यसबाट ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि बुधबार कारोबार रकम पाँच अर्ब पाँच करोडमा खुम्चिएको थियो।
उत्पादन तथा प्रशोधन ०.३८ र म्युचुअल ०.३९ प्रतिशतले बढेको छ भने अरू समूहको उपसूचक घटेको छ। आज बैंकिङ समूह १.७२, विकास बैंक १.५५, वित्त २.६४, होटल तथा पर्यटन १.९८, जलविद्युत् ०.९९ र लगानी समूह १.१८ प्रतिशतले घटेको छ।
जीवन बीमा समूह १३७, लघुवित्त ०.६९, निर्जीवन बीमा ०.१९, व्यापार १.२६ र अन्य समूह ०.९८ प्रतिशतले घटेको हो ।
त्रिशूल जलविद्युत्को शेयर मूल्य सबैभन्दा बढी ८.५५ प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको ७.४१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा बढी जानकी फाइनान्सको २६ करोड १२ लाख १४ हजार ७३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
