बिहीबार कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
काठमाडौँ– अदालतले सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
प्रहरीले सहकारी ठगी मुद्दामा अनुसन्धानकै क्रममा रूपन्देही, काठमाडौँ, चितवन र पर्सासमेत लगेर बयान लिएको थियो।
ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई प्रहरीले सहकारीको रकम अपचलन र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ गरेको थियो। उनी अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन्।
प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारीको रकम अपचलनमा एकसाथ अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
