एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुरले काठमाडौँलाई ५ विकेटले पराजित गर्दै एक खेलअगावै प्लेअफमा स्थान बनाएको छ।
काठमाडौँ– जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा जनकपुरले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै एक खेलअगावै प्लेअफमा स्थान बनाएको हो।
६ खेल खेलेको जनकपुरले पाँच वटामा जितसहित १० अंक जोडेर तालिकाको पहिलो स्थानमा छ। जनकपुरसँग पराजित काठमाडौँ पाँच खेलमध्ये २ मा जित र ३ मा पराजयका साथ पाँचौँ स्थानमा छ
काठमाडौँले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १५.५ ओभर खेलेर २५ बल बाँकी छँदै ५ विकेट गुमाएर १०४ रन बनायो। जनकपुरको जितमा जेम्स निशामले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २७ रन बनाए।
हार्स ठाकेरले २५ बल खेल्दै २५ रन जोड भने लाहुरी मिलन्थाले १६, मोहम्मद मोहसिनले नटआउट १३ रन बनाउँदा कप्तान अनिल शाह ११ रनको योगदान दिए।
बलिङतर्फ करण केसीले २ विकट लिँदा सहाब आलम, गेर्हार्ड इरास्मस र दिपेश कँडेलका नाममा १/१ विकेट रह्यो।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौँ १९.३ ओभरमा सबै विकेट गुमाएर १०२ रनमा समेटियो।
काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए। कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रनबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको योगफल जोड्न सकेनन्।
बलिङतर्फ जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान ३/३ विकेट लिए। यस्तै, मोहम्मद मोहसिन २, अर्निको यादव र किशोर महतोको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
