ईयूका सदस्य राष्ट्रले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको शुरूदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन्।
युरोपेली संघ (ईयू)का सदस्य राष्ट्रले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको शुरूदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन्। “बुल्गेरिया र रोमानियालाई स्वागत गर्न पाउनु ऐतिहासिक क्षण हो,” हंगेरीका गृहमन्त्री स्यान्डर पिन्टरले भने।
सन् २००७ देखि युरोपेली संघका सदस्य रहेका यी दुई देशलाई मार्चमा आंशिक रूपमा स्वतन्त्र आवागमन क्षेत्रमा जोडिएको थियो। जसबाट सीमा जाँचबिना हवाई र समुद्री यात्रा खुला भएको थियो।
यद्यपि, अस्ट्रियाले आप्रवासनको चिन्तालाई लिएर आफ्नो मुलुकमा पूर्ण प्रवेशमा रोक लगाएको थियो। यसले गर्दा स्वतन्त्र रूपमा आवतजावतमा समस्या उत्पन्न भएको थियो।
भियनाले इयूका मन्त्रीको बिहीबारको बैठकमा आफ्नो भिटो प्रयोग नगर्ने घोषणा गरेको छ। जसले सन् २०२५ को शुरूआतदेखि दुवैलाई पूर्ण सदस्य बन्ने मार्ग प्रशस्त गरेको छ।
बुखारेस्ट र सोफियाले सन् २०१० मा ब्रसेल्सले तोकेका सबै प्राविधिक मापदण्ड पूरा गरेका थिए। तर विभिन्न सदस्य राष्ट्रले उनीहरूको प्रवेशमा अवरोध गरेपछि सेन्जेन क्षेत्रमा सामेल हुन एक दशकभन्दा बढी समय पर्खिनुपरेको थियो।
सन् २०२२ देखि अस्ट्रियाले उनीहरूको आवेदन रोकेको थियो। बुखारेस्टमा तीन देशले ‘सीमा सुरक्षा प्याकेज’ सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रियाले आफ्नो आपत्ति फिर्ता लिएको थियो।
सम्झौतामा बुल्गेरियाली–टर्की सीमामा संयुक्त रूपमा सीमा रक्षकको तैनाथी र स्थलमार्गमा अस्थायी सीमा नियन्त्रणको प्रारम्भिक अवधि ६ महिनाका लागि हुने अस्ट्रियाका गृहमन्त्री गेरहार्ड कार्नरले बताए।
सन् १९८५ मा स्थापना भएको सेन्जेन जोनमा हाल २९ सदस्य रहेका छन् जसमा युरोपेली संघका २७ सदस्य राष्ट्रमध्ये २५ का साथै स्विट्जरल्यान्ड, नर्वे, आइसल्यान्ड र लिचेन्स्टाइन रहेका छन्।
यो आन्तरिक सीमा नियन्त्रणबिना विश्वको सबैभन्दा ठूलो क्षेत्र हो, जहाँ ४० करोडभन्दा बढी मानिस यस क्षेत्रभित्र स्वतन्त्र रूपमा यात्रा गर्न सक्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
