काठमाडाैँ– वेस्टइन्डिजका 'लेजेन्डरी क्रिकेटर' तथा पूर्वकप्तान ब्रायन लारा नेपाल आइपुगेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)को निमन्त्रणामा ५५ वर्षीय लारा नेपाल आएका हुन्। शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीहरूले उनलाई स्वागत गरे।
उनले आजै त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्ने छन् भने क्रिकेट खेलाडीहरूसँग साक्षात्कारसमेत गर्ने क्यानले जनाएको छ। उनले नेपालमा तीन–चार दिन बिताउनेछन्। उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन्।

क्रिकेटर लाराले वेस्टइन्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए। उनले वेस्टइन्डिजका लागि १३१ टेस्ट खेल खेलेका छन्। १३१ खेलबाट लाराले ११ हजार ९५३ रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गरेका छन् भने ४८ अर्धशतक प्रहार गरेका छन्।
उनले टेस्ट क्रिकेटमा एक खेलमै ४०० रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाएका छन्। लाराले सन् २००४ अप्रिल १२ मा इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै ४०० रन बनाएका थिए।
त्यसैगरी लाराले वेस्टइन्डिजका लागि २९९ एक दिवसीय खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उनले १० हजार ४०५ रन जोडेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
