कृषि ज्ञान केन्द्र झापाका अनुसार ७२६.८८ हेक्टर क्षेत्रफलमा ९३७.६७ मेट्रिक टन कोदो उत्पादन भएको हो।
झापा– जिल्लामा यस वर्ष ९३७.६७ मेट्रिक टन कोदो उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार ७२६.८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो।
यस वर्ष प्रतिहेक्टर १.२९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए। उनका अनुसार अधिकांश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन्।
भद्रपुर नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष कोदो खेतीका लागि १५१ कट्ठा क्षेत्रफलमा प्रतिकट्ठा एक हजार रुपैयाँका दरले प्रोत्साहन स्वरूप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन विमलीले बताए।
कोदोजस्ता बालीले हाम्रो परम्परा, संस्कार र पहिचान संरक्षण हुनाका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए।
रैथाने बाली प्रवर्द्धन कार्यक्रमले कृषिमा विविधता ल्याउने मात्र नभई स्थानीय समुदायको जीवनस्तर सुधार गर्न योगदान पुर्याउने उनको भनाइ छ। नगरपालिकाले आगामी वर्षमा कोदोखेतीको क्षेत्रफल विस्तार गर्दै प्रविधि हस्तान्तरण र उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
