भारतको तमिलनाडुस्थित एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएको प्रहरीले जनाएको छ।
दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ। आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन्।
दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो। यसको कारणबारे अझै अनुसन्धान भइरहेको छ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दिन्डिगुल शहरको अस्पतालमा लिफ्टभित्र सबै ६ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए।
प्रहरी अधीक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको तर सबैको अवस्था ‘स्थिर’ रहेको बताए।
टाइम्स अफ इन्डियाका अनुसार आगो भुइँतलाको रिसेप्सन क्षेत्रबाट शुरू भएर द्रुत गतिमा अन्य तलामा फैलिएको थियो।
उत्तर प्रदेशको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको केही हप्तापछि यो आगलागी भएको हो।
यसै वर्षको शुरूमा नयाँदिल्लीको एउटा बाल अस्पतालमा यस्तै आगलागीमा ६ जना शिशुको मृत्यु भएको थियो।
मे महिनामा गुजरात राज्यको एउटा भरिएको मनोरञ्जन पार्कमा आगलागी हुँदा केही बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
