‘पुष्पा २’को विशेष प्रदर्शनका क्रममा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले भारतीय अभिनेता अल्लु अर्जुनलाई पक्राउ गरेको छ।
भारतीय अभिनेता अल्लु अर्जुन शुक्रबार पक्राउ परेका छन्। फिल्मको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको घटनालाई लिएर अनुसन्धानका लागि उनलाई पक्राउ गरेको प्रहरीको मनाइ उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
यसै महिना भारतका दक्षिणी शहर हैदरावादको एक सिनेमा हलमा अभिनेता अल्लु अर्जुन फिल्म ‘पुष्पा २: द र'ल’ को विशेष प्रदर्शन (स्क्रिनिङ)का लागि पुगेका थिए। उनलाई हेर्न ठूलो भीड भेला भएको थियो। उक्त भीड अनियन्त्रित भई भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो।
नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपीसँग कुरा गर्दै भने, “४२ वर्षीय अभिनेतालाई खतरनाक हतियार वा साधन प्रयोग गरी स्वेच्छाले चोट पुर्याउनेलगायत तीन वटा अपराधको आरोपमा पक्राउ गरिएको हो।”
अधिकारीका अनुसार यस घटनामा संलग्न अन्य सात जनालाई यसअघि नै पक्राउ गरिसकिएको छ।
टेलिभिजन टिभी नाइनले सामाजिक सञ्जाल ‘एक्स’मा शेयर गरेको भिडियोमा अभिनेताले कफीको कप समातेको र उनलाई हिरासतमा लिन आफ्नो निवासमा पुगेका अधिकारीसँग कुरा गरिरहेको देखिएको छ।
आफ्नो छोरासँग स्क्रिनिङमा सहभागी भएकी ३० वर्षीया एक महिलाको डिसेम्बर ४ मा भएको भागदौडमा परी मृत्यु भएको थियो।
महिलाका परिवारले अर्जुन, उनको सुरक्षा टोली र सिनेमा हल व्यवस्थापनविरुद्ध उजुरी दर्ता गराएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ।
अर्जुनले दुर्घटना भएको दुई दिनपछि घटनाबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै घटनाबाट आफू निकै मर्माहत भएको बताएका थिए।
उनले एक्समा लेखेका छन्, “परिवार दुःखी हुने अवस्थालाई सम्मान गर्दै म उनीहरूलाई यो चुनौतीपूर्ण यात्राबाट फर्कन मद्दत गर्न हरसम्भव सहयोग गर्न प्रतिबद्ध छु।”
अर्जुनको दक्षिण भारतमा निकै लोकप्रिय अभिनेताका रूपमा स्थान छ र ‘पुष्प फिल्म फ्रेन्चाइज’ले बक्स अफिसमा करोडौँ भारु कमाएको छ।
उनले दुई वर्षअघि रिलिज भएको सिरिजको पहिलो चरणमा नै आफ्नो शीर्ष भूमिकाका लागि भारतको राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
