एनपीएलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई पराजित गरेको छ।
शुक्रबारको दोस्रो खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो। जारी प्रतियोगितामा विराटनगरको दोस्रो जित हो। यसअघि विराटनगरले लुम्बिनीलाई पराजित गरेको थियो।
विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवन २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो।
चितवनका लागि अमर रौटेलाले ४२ रन बनाउँदा २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनर सन्तोष कार्कीले २८, कप्तान कौशल मल्लले २५ र रवि भोपराले २० रनको योगदान दिँदा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट लिँदा क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमका नाममा १/१ विकेट रह्यो।
यसअघि त्रिवि क्रिकेट मैदान टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनायो।
विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेले। उनले ४४ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए। यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दीपक बोहराले ४ रन जोडे। यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गर्यो।
बलिङतर्फ चितवनका रिजन ढकालले २ लिए। यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
