‘पुष्पा २’को ‘स्क्रिनिङ’का क्रममा भागदौड मच्चिएर एक महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका भारतीय अभिनेता अल्लु अर्जुनलाई उच्च अदालतले अन्तरिम जमानत दिएको छ।
‘पुष्पा २’को ‘स्क्रिनिङ’का क्रममा भागदौड मच्चिएर एक महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका भारतीय अभिनेता अल्लु अर्जुनलाई अदालतले अन्तरिम जमानत दिएको छ।
गत हप्ता हैदरावादको एक थिएटरमा ‘पुष्पा २: द राइज’को विशेष प्रदर्शनका क्रममा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको घटनामा उनलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको थियो।
उनलाई प्रहरीले शुक्रकार नै अदालतमा पेश गरेको थियो। तल्लो अदालतले १४ दिनको न्यायिक हिरासतको आदेश दिएको थियो। साथै गिरफ्तारी सोमबारसम्मका लागि स्थगित गर्न माग गर्दै उनले पेश गरेको निवेदन पनि खारेज गरिदिएको थियो। त्यसलगत्तै उनी उच्च अदालत गएका थिए।
उनको अपिलमाथि सुनुवाइ गर्दै उच्च अदालतले चार हप्ताका लागि अन्तरिम जमानत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिहाइको आदेश दिँदा तेलंगाना उच्च अदालतले अल्लु अर्जुनको स्वतन्त्रताको अधिकारलाई उद्धृत गर्दै भनेको छ, “अभिनेता भएको कारणले मात्रै ... उनलाई यसरी राख्न सकिँदैन।”
अल्लु अर्जुन डिसेम्बर ४ मा आफू अभिनीत फिल्म ‘पुष्पा २: द रुल’को प्रिमियरका क्रममा सन्ध्या थिएटर पुगेका थिए। उनी पुग्नासाथ भागदौड मच्चिँदा एक महिलाको ज्यान गएको थियो भने उनका छोरा गम्भीर घाइते भएको थिए। प्रहरीले सामान्य लाठीचार्ज गरेर भीडलाई नियन्त्रणमा लिएको थियो।
यो मामिलालाई लिए महिलाका परिवारले अर्जुन, उनको सुरक्षा टोली र सिनेमा हल व्यवस्थापनविरुद्ध उजुरी दर्ता गराएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।
अघिल्लो बिहीबार दिन अल्लु अर्जुनलाई घटनाका सम्बन्धमा सोधपुछका लागि चिक्कडपल्ली प्रहरी स्टेसनमा ल्याइएको थियो। उनका बुबा अल्लु अरविन्द, भाइ अल्लु सिरिश र ससुरा कंचर्ला चन्द्रशेखर रेड्डी पनि कारबाहीको क्रममा स्टेसनमा उपस्थित थिए।
अर्जुनले दुर्घटना भएको दुई दिनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घटनाबाट आफू निकै मर्माहत भएको बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
