प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौँ र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ। यस्तै, अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आज) दुई खेल हुँँदैछन्। बिहान पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज प्रतिस्पर्धा गर्दैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे शुरू हुनेछ। पोखरालाई कुशल भुर्तेलले तथा काठमाडौँलाई करण केसीले कप्तानी गरिरहेका छन्। प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौँ र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ।
यसैगरी एनपीएल अन्तर्गत शनिबार नै हुने अर्को खेलमा चितवन र जनकपुर भिड्दैछन्। यो खेल देउँसो १ बजे शुरू हुनेछ। अनिल शाहको कप्तानीमा जनकपुर तथा कुशल मल्लको कप्तानीमा चितवन मैदानमा हुनेछन्।
अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ। तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सदूरपश्चिमसँग अंक बढाउन चाहन्छ। जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको ८ अंक छ।
चितवन भने ६ अंकसहित चौथो स्थानमा छ। चितवन र जनकपुरका लागि आजको खेल नै अन्तिम हो। सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ भने कर्णालीले एक खेल खेल्न बाँकी छ।
एनपीएल तालिकामा पोखरा र काठमाडौँको समान ४/४ अंक छ। विराटनगरको ४ अंक भए पनि रनरेटका आधारमा अगाडि छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
