फ्रान्समा जारी राजनीतिक उथलपुथलका बीच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गीय नेता फ्रान्कोइस बेरोउलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
काठमाडौँ– फ्रान्समा जारी राजनीतिक उथलपुथलका बीच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गीय नेता फ्रान्कोइस बेरोउलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
यो सँगै बेरोउ यसै वर्ष फ्रान्समा प्रधानमन्त्री बन्ने चौथो नेता बनेका हुन्। यसअघि इलिजाबेथ बोर्न, ग्याब्रियल अत्तल र मिशेल बार्नियर तीन नेता यही वर्ष प्रधानमन्त्री बनिसकेका छन्।
पूर्वप्रधानमन्त्री बार्नियरलाई तीन महिनामै पदबाट हटाइएको थियो। गत हप्ता अविश्वासको प्रस्ताव ल्याएपछि दक्षिणपन्थी बार्नियरले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो।
मध्यमार्गीय मोडेम पार्टीका प्रमुख ७३ वर्षीय बेरोउ दक्षिण–पश्चिम फ्रान्सका प्रमुख नेतामध्ये एक हुन्। उनी यसअघि फ्रान्सको शिक्षामन्त्री र दक्षिणपश्चिमी शहर पाउको मेयर पनि भइसकेका छन्। सन् २०१७ मा म्याक्रोनको विजयपछि बेरोउ उनको नजिकका सहयोगी बनेका थिए। प्रधानमन्त्रीका रूपमा आफ्नो नाम घोषणा गर्नुअघि उनले इमानुएल म्याक्रोनसँग भेट गरेका थिए। यो भेट करिब दुई घण्टा चलेको थियो।
देशमा विभाजित संसदका कारण कुनै पनि दलले पूर्ण बहुमत पाउन सकेको छैन। गत जुनमा भएको निर्वाचनमा वाम दलले राम्रो मत पाएका थिए। तर, राष्ट्रपति म्याक्रोन अल्पमतको सरकार बनाउन बाध्य भए।
राष्ट्रपति इमानुएल म्याक्रोनले गर्मी मौसममा संसदीय निर्वाचन गर्ने घोषणा गरेका छन्। त्यसयता फ्रान्समा राजनीतिक गतिरोध उत्पन्न भएको छ। फ्रान्समा बिहीबार गरिएको एक जनमत सर्वेक्षणले पनि ६१ प्रतिशत फ्रान्सेली मतदाता देशको राजनीतिक अस्थिरताप्रति चिन्तित रहेको खुलासा गरेको छ।
–एजेन्सीहरूको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
