पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ।
काठमाडाैँ– पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ।
शनिबार भएको पहिलो खेलमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौँले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर स्टेफन स्किनाजीले सर्वाधिक ६० रन बनाए। उनले ३४ बलमा १० चौका प्रहार गरे। अर्का ओपनर माइकल लेभिटले १८ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे। यस्तै, भीम सार्की २२ रनमा आउट भए भने जेहार्ड एरास्मस २५ रनमा नट आउट रहे। पोखराका लागि विपिन खत्रीले ३ तथा माइकल लिस्कले १ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रनको योगफल तयार गरेको थियो। पोखराका लागि रेमन राइफरले नट आउट ४१ रन जोडे। दिनेश खरेलले ३८ रन तथा दिलिप नाथले २७ रन जोडेका थिए। काठमाडौँका लागि राशिद खान र कप्तान करण केसीले समान ३ तथा जेर्हाड एरास्मस र माइकल लेभिटले समान १ विकेट लिए।
शनिबारको दोस्रो खेल जनकपुर बोल्ट्स र चितवन राइनोजबीच १ बजे हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
