लोकेन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भएका विकृतिमाथि गरेको खोजमूलक रिपोर्टिङका लागि उक्त पुरस्कार पाएका हुन्।
काठमाडौँ– उकालोकर्मी लोकेन्द्र विश्वकर्मासहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का तीन सदस्य पुरस्कृत भएका छन्। आर्थिक पत्रकारहरूको छाता संगठन नाफिजको १५औँ वार्षिक साधारण सभा तथा सातौँ महासभाको अवसरमा आवेदन परेकामध्ये तीन उत्कृष्ट समाचार पुरस्कृत भएका हुन्।
विभिन्न विषयमा खोजमूलक समाचार लेख्ने नाफिजका सदस्यहरूलाई सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कार, सिविफिन नाफिज बैंकिङ पुरस्कार र शारदादेवी–ढुन्डिराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
उकालोका विश्वकर्माले एक लाख राशिको शारदादेवी–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार पाएका हुन्। उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भएका विकृतिमाथि गरेको खोजमूलक रिपोर्टिङका लागि उक्त पुरस्कार पाएका हुन्।
लोकेन्द्रको विशेष रिपोर्ट: कार्यकर्ता पोस्न २१ अर्ब बगाइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम
यस्तै, सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कार दूध किसानको समस्याको समाचारका लागि अनलाइन खबरका अमृत चिमरिया र सिविफिन नाफिज बैंकिङ पुरस्कार टक्सार म्यागजिका अनुप आचार्यलाई प्रदान गरिएको छ। आचार्यले बैंकको काउन्टर ग्यारेन्टीको समाचारले उक्त पुरस्कार पाएका हुन्। दुवै जनाले नगद ५०/५० हजार रुपैयाँ प्राप्त गरे।

तीनै जना पुरस्कृत पत्रकारलाई सूचना, सञ्चार तथा प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रमाणपत्र र नगदसहित सम्मान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
