राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएपछि हजारौँ दक्षिण कोरियाली जनता सडकमा उत्रिएर खुशियाली मनाएका छन्।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योउलविरुद्धको महाभियोग प्रस्ताव संसद्बाट बहुमतले पारित भएको छ।
शनिबार भएको मतदानका क्रममा महाभियोगका पक्षमा २०४ मत परेको थियो भने विपक्षमा ८५ मत खसेको थियो। तीन जना अनुपस्थित रहेको सभामुख वू वोन–सिकले बताए। राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएको घोषणा गर्दै सभामुखले अधिवेशन समापन गरेका थिए।
बुहमत सांसदले राष्ट्रपति युनविरुद्ध महाभियोगका पक्षमा मतदान गरेपछि हजारौँ दक्षिण कोरियाली जनता सियोलका सडकमा उत्रिएर उत्सव मनाएका छन्।

अब युन निलम्बित हुने छन् भने प्रधानमन्त्रीले कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्ने छन्। संवैधानिक अदालतले महाभियोगबारे फैसला लिन ६ महिनाको समय लाग्ने बताइएको छ।
अदालतले युनलाई राष्ट्रपति पदबाट बर्खास्त गर्ने या पुनर्स्थापित गर्ने भन्ने निर्णय गर्ने छ। यदि अदालतबाट उनी पदमुक्त भएमा नयाँ राष्ट्रपति छनोट गर्न ६० दिनभित्र राष्ट्रिय निर्वाचन हुने छ।
युनले गत हप्ता अल्पकालीन मार्सल ल घोषणा गरेपछि दक्षिण कोरियामा राजनीतिक संकट चुलिएको हो। युन गत साता महाभियोगको मतदानबाट जोगिएका थिए।
युन र उनका निकटहरूमाथि हाल विद्रोहको आरोपमा अनुसन्धान भइरहेको छ। अधिकांशमाथि यात्रा प्रतिबन्ध लगाइएको छ।
घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजीनामा दिएका थियो। त्यसपछि अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
घटनामा संलग्न रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बन गरी अनुसन्धान थालिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
