एनपीएलको शनिबारको दोस्रो खेलमा जनकपुरलाई पराजित गरेसँगै चितवनको प्लेअफमा पुग्ने सम्भावना बढेको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ। एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको हो।
जनकपुरलाई पराजित गरेसँगै चितवनको प्लेअफमा पुग्ने सम्भावना बढेको छ। चितवनको ७ खेलबाट ८ अंक छ। जनकपुरले यसअघि नै प्लेअफमा पुगिसकेको छ।
चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा सबै विकेट गुमाएर मात्र १४८ रन बनाउन सक्यो। चितवनका लागि जेम्स नीशमले अर्धशतकीय इनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन। उनले २४ बलमा ६५ रन बनाउने क्रममा ५ चौका र ६ छक्का प्रहार गरे।
आशिफ शेखले २३, शुभ कंसकार १५ र मोहम्मद मोसिन १३ रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ रिजन ढकाल, सोहिल तनभिर, कुशल मल्लले समान २/२ विकेट लिए भने अमर रौटेलाका नाममा १ विकेट रह्यो।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८० रन बनायो।
कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बल सामना गर्ने क्रममा ३ चौका र ७ छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए।
रवि बोपाराले ३२ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा ४४ रन बनाए। साथै, हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए।
जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
